काठमाडौं– माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई बनाउने सहमति भएको छ। आइतबार बिहान खुमलटारमा विद्यार्थी नेताहरुसँग भएको छलफलपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा सिंहलाई चयन गर्ने निर्णय गरेको एक नेताले बताए।
यसअघि उनी उपाध्यक्ष थिइन्। उनका श्रीमान ‘जनयुद्ध’मा सहिद भएका थिए।
सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष हुन्। अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो।
अब २२औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रपछि पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने खुमलटार बैठकमा सहभागी एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।