काठमाडौं– नेकपा एमालेको जारी विधान महाधिवेशनमा सबे तहका कमिटीलाई प्रविधिमैत्री बनाउनुपर्ने सुधावज आएको छ। महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत रुपमा भएको छलफलपछि सुधाव प्रस्तुत गर्दै उपत्यका विशेष प्रवासलगायत कमिटी अन्तर्गतको समूहका तर्फबाट सुजिता शाक्यले वर्तमान राजनीति घटनाक्रमलाई हेरेर आगामी दिनमा सुधार गर्नुपर्ने विषय प्रस्तुत गरेकी हुन्।
प्रवासमा रहेका नेपालीहरुको ज्ञान सिपलाई प्रयोग गरेर जानुपर्ने उनको सुझाव छ। त्यसैगरी, एमालेबाट जनप्रतिनिधि निर्वाचित भएका स्थानीय तहमा श्रमिकको हकमा प्रभावकारी काम हुनुपर्ने उनको सुझाव छ।
पार्टीमा सदस्यता लिन चाहने तर वर्षौंसम्म सदस्यता नपाएको विषय उठेकाले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ।पछाडि पारिएका समुदायलाई विशेष प्राथमिकतामा राखिनुपर्ने सुझावसमेत उनीहरुको छ।
सरकारी निकायमा सिफारिस गर्दा सम्बन्धित क्षेत्रबाट नै सिफारिस गरिनुपर्ने सुझावसमेत दिइएको छ।पार्टीको नेतृत्वमा वरिष्ठसहित उपाध्यक्ष ७ रहनुपर्ने भन्ने सुझावसमेत दिइएको छ।
महाधिवेशनमा हरेक कमिटीका व्यक्ति समावेश हुनुपर्ने सुझाव समेत आएको छ। साथै, निर्वाचन प्रणाली व्यवस्थित हुनुपर्ने तथा पार्टीका निर्वाचित जनप्रतिनिधिको सम्पति विवरण सार्वजनिक हुनुपर्ने सुझावसमेत उनीहरुको समूहले दिएको छ।
हरेक पार्टीका कार्यकर्तालाई कामसित जोड्नु पर्ने र कमको उचित मूल्याकंन हुनुपर्ने सुभावसमेत दिइएको छ। निर्वाचनलाई सरल र सहज बनाउन अन्य राजनीति दलसित छलफल र समन्वय गर्नुपर्ने सुझावसमेत दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।