काठमाडौं– गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको अन्तिम दिन पत्रकारहरुलाई प्रवेश दिइने भएको छ।
आइतबार बिहान ११ बजेपछि पत्रकारलाई प्रवेश दिइने महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए। ‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ,’ सचिव तामाङले भने।
आइतबार पाँच समूहका टोली नेताले सुझाव पेश गरेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएसँगै विधान महाधिवेशन समापन हुनेछ।
पहिलो दिन पत्रकारलाई प्रवेश दिइएको थियो भने दोस्रो दिन शनिबार पत्रकारको प्रवेशमा रोक लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।