काठमाडौं- चेल्सी प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको साउथह्याप्टनमाथि ३–१ गोलको जित निकाल्दै चेल्सी शीर्षस्थानमा उक्लिएको हो।
चेल्सीका लागि ट्रेभो चोलोभा, टिमो वर्नर र बेन चिलवेलले समान एक/एक गोल गरे। साउथह्याप्टनका लागि जेम्स वार्ड पावर्सेले गरेको गोल सानत्वना बन्यो।
खेलको सुरुवातदेखि नै दबाबमा राखेको चेल्सीले नवौँ मिनेटमा ट्रेभोको गोलमार्फत् अग्रता लिएको थियो।
पहिलोहाफ उक्त अग्रता कामय राखेपनि दोस्रोहाफको ६१औं मिनेटमा साउटह्याम्पटनले बराबरी गोल फर्कायो।
साउटह्याम्पटनका लागि जेम्सले बराबरी गोल फर्काएका थिए। ७७औं मिनेटमा जेम्सले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि साउथह्याप्टन १० खेलाडीमा समेटियो।
८४औं मिनेटमा वर्नरले गोल गर्दै चेल्सीको अग्रता २–१ को बनाए। त्यसको ५ मिनेटमै चिलवेलले गोल गर्दै चेल्सीलाई ३–१ गोलको सहज जित दिलाए।
जितसँगै चेल्सी ७ खेलबाट १६ अंक बटुल्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पराजित साउथह्याप्टन ४ अंकसहित तालिकाको १७औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।