काठमाडौं- ललित मेमोरियल यू-१८ राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) ले फराकिलो जित हात पारेका छन्।
आर्मीले सरस्वती युथ क्लबलाई ४-० गोलले हराउँदा एनआरटीले मच्छिन्द्र क्लब माथि ३-१ गोलको जित हात पार्यो।
मच्छिन्द्रका सरद राइले १४ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए। तर न्युरोडका सहिल केसीले ३० र विशाल क्षेत्रीले ३२ मिनेटमा गोल गर्दा मच्छिन्द्र खेलमा पछि परेको थियो। निर्मल घिसिङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेपछि न्युरोडले ३-१ को जित निकाल्यो।
आर्मीले पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा सेसेहाङ आङदाम्बेको गोलबाट अग्रता लिएको थियो। दिनेश हेन्जनले ६८ र ८५ मिनेटमा गरी २ गोल गरे। विवेक चौधरीले ७५ मिनेटमा आर्मीका लागि तेस्रो गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।