काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अखिल क्रान्तिकारीको नेतृत्वको चयन आजै (शनिबार) हुने बताएका छन्।
पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महराले विद्यार्थीको नेतृत्व चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएकाले आजै चयन भएर राष्ट्रिय सम्मेलन सकिने बताएका हुन्।
‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ। त्यसको नेतृत्वको चयनको विषय छलफल भयो। त्यसमा सम्भावित पात्रका विषयमा छलफल गरियो। सबै पात्र समान हैसियत र समान क्षमता राख्ने छन्’ महराले भने।
उनका अनुसार भोलि मन्त्रिपरिषद् बैठका विषयमा स्थायी समितिमा छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।