काठमाडौं- नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन विभिन्न समूहले आफ्नो समूहमा भएको छलफलको रिपोर्टिङ गरेका छन्। १० मध्ये ५ समूहले आफ्नो समूहमा भएको छलफल पूर्ण बैठकमा रिपोर्टिङ गरेका हुन्।
कर्णाली प्रदेश समूहका तर्फबाट टोली नेता गोरख बहादुर बोगटीले रिपोर्टिङ गरेका हुन्। उनले पार्टीमा वरिष्ठ उपाध्यक्षको व्यवस्था हुनपर्ने बताए। एमालेको विधान संशोधन प्रस्तावमा ६ उपाध्यक्षको व्यवस्था गरिएको भए पनि वरीयता तोकिएको छैन।
त्यस्तै, उनले हरेक निर्णय कार्यान्वयन गर्नुपर्ने बताए। 'विभाजनको दुःखद् घटना भविष्यमा आउन दिनु हुँदैन', उनको भनाइ थियो।
बोगटीले प्रदेश कमिटी र सोभन्दा तल कति रहने भन्ने विधानमा नै समावेश गरिनुपर्ने बताए। पार्टी र सरकार बीचको अन्तरसम्बन्ध पनि प्रष्ट हुनुपर्ने उनको रिपोर्टिङ थियो।
निर्वाचन प्रणाली महंगो र खर्चिलो भएकाले त्यसमा व्यापक सुधार हुनुपर्ने उनको भनाइ थियो। राजनीतिक प्रतिवेदनमा आफ्ना कमजोरीबारे केही नबोलेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।