काठमाडौं- नेकपा (एमाले)को जारी विधान महाधिवेशनमा नेकपाकालमा प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको विषय प्रस्तावमा आउनुपर्ने माग उठेको छ।
समूहगत छलफलको प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले उक्त कुरा उठाएका हुन्।
'एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपा माधव नेपाल र प्रचण्डका कारण धरासायी भएको तथा माधव नेपालसहितका नेताहरूले विभाजन चाहेका थिए भन्ने कुरा प्रस्ट लेखिनुपर्छ,' उनले भने, 'नेपालको कम्युनिस्ट आन्दोलनमा नेतृत्वमाथि छद्म तरिकालाई आक्रमण गर्ने काम हुँदै आएको थियो। एमालेलाई नेपाली राजनीतिको केन्द्रवन्दु हो भन्ने कुरा प्रस्ट आउनुपर्छ।'
उनले झगडा र विवादलाई छोडेर अब लोकतान्त्रिक हिसाबले अगाडि बढ्नुपर्नेमा जोड दिए। विधानको प्रस्तावनामा यो पार्टी नेकपा एमाले एकीकरणसहितको परिस्कृत पार्टी हो भन्ने राखिनुपर्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।