काठमाडौं- नेकपा एमालेको जारी विधान महाधिवेशनमा निर्वाचन प्रणालीका सन्दर्भमा सहभागीहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले यो फेरिनुपर्ने बताएका हुन्।
विभिन्न समूहमा भएको छलफलमा यो विषयले प्राथमिकता पाएको छ। निर्वाचन प्रणाली अध्यधिक खर्चिलो भएकाले यसलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि नेकपा एमालेले नै नेतृत्व लिनुपर्ने कतिपय समूहको निष्कर्ष छ। तीनै तहका निर्वाचन महंगो भएकाले सिद्धान्तका आधारमा मात्रै जित्न नसकिने धारणा व्यक्त भएको छ।
एमालेको अनुशासन आयोगका तर्फबाट अमृतकुमार बोहराले प्रस्तुत गरेको प्रतिवेदनमा पनि निर्वाचन खर्चिलो भएको विषय समेटिएको एक सहभागीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।