काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।
केहीबेरअघि सुरु भएको स्थायी समिति बैठकमा अखिल क्रान्तिकारीको नेतृत्व टुंगो कसरी लगाउने भन्ने विषयमा छलफल हुन सक्ने स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले बताए।
मन्त्रिपरिषद् विस्तार र पार्टी संगठनका विषयमा समेत बैठकमा छलफल हुने बस्नेतले बताए।
बिहीबारदेखि काठमाडौंमा अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।