काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रमसहित आजको पूर्ण शत्रमा पत्रकारहरूलाई हलमा प्रवेश गर्न निषेध गरिएको छ।
उद्घाटन शत्रको तीनवटै प्रतिवेदन पेस गर्ने कार्यक्रममा पत्रकारलाई भिडियो, तस्बिर तथा प्रत्यक्ष प्रशारण गर्न समेत दिएको एमालेले अनुशासन आयोगको प्रतिवेदनसहित आजको दोस्रो दिनको पूर्ण शत्रमा भने निषेध गरेको हो।
केन्द्रीय अनुशासन आयोगका संयोजक अमृतकुमार बोहराले प्रतिवेदन पेस गर्दैगर्दा एमाले सचिव प्रदीप ज्ञवालीले आजदेखि पत्रकारहरूलाई भिडियो, तस्बिर र प्रत्यक्ष प्रशारण गर्न बन्द गरिएको बताएका थिए।
उनले भोलि प्रतिवेदनको प्रत्युत्तर दिने लगायतको कार्यक्रममा भने प्रवेश अनुमति दिइने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।