गोदावरी- नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले मुलुकको जबरजस्ती शक्ति हो भन्ने कुरा कसैले भुल्न नहुने बताएका छन्।
एमालेको गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिनको पूर्ण शत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘केही साथीहरू चोइटिएर गएपनि एमालेको विधान महाधिवेशनमा सहभागीहरूको उल्लेख्य सहभागिता र छलफलले त्यसले (फुटले) केही असर नपरेको देखाउँछ,’ उनले भने, ‘अहिले देशी विदेशी शक्तिहरूले नेकपा एमालेलाई चौतर्फी रुपमा आक्रमण गरिरहेका छन्।’
उनले छलफल र संवादले एमालेलाई अघि बढाएर लैजान थप सहज बनाउने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।