काठमाडौं- नेकपा एमालेको जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत भएको विधान संशोधन प्रस्तावमा प्रस्तावित पदाधिकारीको संख्याप्रति सहभागीहरुले असन्तुष्टि जनाएका छन्।
बिहान साढे ८ बजेदेखि जारी समूहगत छलफलमा विभिन्न समूहमा पदाधिकारीको संख्याका सन्दर्भमा असन्तुष्टि देखिएको हो।
पौडेलद्वारा प्रस्तुत प्रस्तावमा अध्यक्ष- १, उपाध्यक्ष- ५, महासचिव- १, सचिव- ६ गरी २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख छ। तर, उपाध्यक्ष र सचिवको संख्याको औचित्यप्रति सहभागीहरुले प्रश्न उठाएका हुन्।
'उपाध्यक्ष ५ जना बनाउने भनिएको छ। सचिव ६ जना बनाउने भनिएको छ। न प्रदेश अनुसार त्यो संख्या मिल्छ। न समावेशीता अनुसार। उपाध्यक्ष ७ जना बनाउँदा प्रदेश अनुसार हुन्थ्यो भन्ने कुरा हाम्रो समूहमा उठेको छ', एक सहभागीले भने।
यसअघि केन्द्रीय कमिटीमा पनि सो दस्तावेजमाथि छलफल हुँदा विभिन्न समूहले उपाध्यक्षको संख्या ७ पुर्याउन सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।