काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले विधि र प्रक्रिया नपुगेका पार्टीका स्थानीय तह र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मान्य नहुने जनाएको छ।
राप्रपाको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष हरि बहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै राप्रपा महाधिवेशनका लागि ७७ वटै जिल्लामा सम्पन्नहुने/भएको स्थानीय तहहरुको निर्वाचन, पार्टीको केन्द्रीय महाधिबेशन प्रतिनिधिहरुको निर्वाचन विधि र प्रक्रियगत रुपमा हुनु पर्ने भन्दै अन्य कुनै निकायले गरेको निर्वाचन मान्य नहुने जनाएको छ।
'अधिवेशन सम्पन्न गर्नको लागि केन्द्रीय निर्वाचन समितिले अख्तियारी प्रदान गरेको 'जिल्ला निर्वाचन संयोजक सहितको जिल्ला निर्वाचन समितिको बहुमत सदस्य लगायतले बिधि र प्रक्रिया पुर्याएर सम्पन्न गरेको निर्वाचन बाहेक अन्य कुनै निकायले सम्पन्न गरेको निर्वाचन मान्य हुँदैन' बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।