काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा आजदेखि समूहगत छलफल सुरु हुँदैछ। शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा प्रतिनिधिहरुले आजबाट समूहगत छलफल गर्न लागेका हुन्।
शुक्रबार प्रस्तुत अध्यक्ष केपी शर्मा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल हुन लागेको हो।
विहानको खाज खाएसँगै समूहगत छलफल सुरु हुने एमालेले जनाएको छ। छलफलको लागि विभिन्न समूहलाई विधान महाधिवेशन स्थल गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ। समूहगत छलफलको निष्कर्ष दिउँसो २ बजे महाधिवेशनको पूर्ण सत्रमा प्रस्तुत हुने जनाइएको छ।
सनराइज सम्मेलन केन्द्रको यी स्थानमा हुनेछ समूहगत छलफल
समूह क - प्रदेश १ - मूलहलको उत्तरपूर्वपट्टीको हल
समूह - ख - प्रदेश २ - मूलहलभित्र पछाडीको पूर्वपट्टीको रो
समूह - ग - बागमती प्रदेश - मूलहलको दक्षिणतर्फको हल
समूह - घ - गण्डकी प्रदेश - मूलहलको अगाडीको दोश्रो रो
समूह - ङ - लुम्बिनी प्रदेश - टेण्ट क
समूह - च - कर्णाली प्रदेश - मूलहलको पछडीको बिचको रो
समूह - छ - सुप प्रदेश - मूलहलको अगाडीको देब्रेतर्फको दोश्रो रो
समूह - ज - जनसंगठन - मूलहलको पछाडीतर्फको दक्षीणतर्फको पहिलो रो
समूह - झ - विशेष कमिटीहरु - टेण्ट ख
समूह - ञ - केन्द्रीय निकायहरु - टेण्ट ग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।