काठमाडौं- साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाल र आयोजक तथा साविक विजेता माल्दिभ्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलमा घरेलु टोली माल्दिभ्सले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि नेपालविरुद्ध गोल गर्न सकेन।
खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको लामो दुरीको प्रहारलाई गोलरक्षक मोहमद फैसलले सहजै बचाए। लगत्तै नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र ‘अनमार्क’ रहेको अवस्थामा बललाई कनेक्ट गरेर प्रहार गर्न सकेनन्।
१९ औं मिनेटमा अली फसिरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले सहजै बचाए।
२३ औं मिनेटमा अन्जन विष्टको क्रसमा नवयुग श्रेष्ठको हेडर गोलरक्षक फैसलले विफल पारे।
२८ औं मिनेटमा अली फसीरको हेडर पोस्टभन्दा माथिबाट बाहिरिएको थियो।
३३ औं मिनेटमा अली अश्फाकले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक किरणले सहजै बचाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।