काठमाडौं- १३औं संस्करणको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी सेन्टर डिफेन्समा रहँदा सुमन अर्याल र गौतम श्रेष्ठ विंगब्याकमा राखेका छन्।
मिडफिल्डमा पुजन उपरकोटीले रक्षात्मक भूमिकामा छन्। तेज तामाङ र रोहित चन्द सेन्टर मिडफिल्डमा खेल्ने सम्भावना छ। आक्रमणमा सुजल श्रेष्ठ र अन्जन विष्टले नवयुग श्रेष्ठलाई साथ दिनेछन्।
गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन्। नेपाललाई साविकको ४-३-३ को रणनीतिमा नै उतार्ने सम्भावना छ।
नेपाल साफको २८ वर्षको इतिहासमा एक पटक पनि फाइनलमा पुग्न सकेको छैन। पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनै पटक त्यहाँभन्दा माथि पुग्न सकेन।
सन् १९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा नेपाल तेस्रो भयो। त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनलमै नेपालको यात्रा सकियो। त्यसपछि पनि नेपालको सहभागिता उल्लेखयोग्य छैन।
नेपालको सुरुवाती ११
गोलपिकर : किरण चेम्जोङ (गोलकिपर/कप्तान)
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, गौतम श्रेष्ठ
फरवार्ड : नवयुग श्रेष्ठ, अञ्जन विष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।