काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनलाई व्यवस्थित गर्न ५ वटा कमिटीहरु गठन गरिएको छ। शुक्रबार पूर्ण सत्रका क्रममा ती कमिटीहरु गठन गरिएका हुन्।
महाधिवेशनको अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् कमिटीहरुः
१. अध्यक्ष मण्डल
अध्यक्षः केपी शर्मा ओली
सदस्यहरुः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा।
२. प्रस्ताव मस्यौदा कमिटी
भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी।
३. सुझाव अध्ययन कमिटी
शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे।
४. बहस नोट कमिटी
मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर।
५. प्रचार समन्वय कमिटी
योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा।
कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरु सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रपछि आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तुत दस्तावेजहरुमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।