Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले विधान महाधिवेशन : पहिलो दिन प्रस्तुत भए ३ दस्तावेज, छलफलका लागि १० समूह गठन

64x64
नेपाल लाइभ शुक्रबार, असोज १५, २०७८  २१:१२
1140x725

काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारबाट सुरु भएको छ। ललितपुरको गोदावरीस्थित 'सरराइज सम्मेलन केन्द्र'मा दिउँसो १:१० बजे सुरु भएको महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।

६ हजार ३४७ प्रतिनिधि उपस्थित भएको र पार्टी जीवनमा नै पहिलोपटक आयोजना भइरहेको विधान महाधिवेशनलाई एमालेले निकै महत्त्व दिएको छ। त्यसको झल्को नेता तथा कार्यकर्ताको उत्साह र महाधिवेशनस्थल गरिएको व्यवस्थापनबाट स्पष्ट हुन्थ्यो।

महाधिवेशनमा अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने प्रयास गरिएको छ। महाधिवेशन स्थलमा उनको फोटो स्ट्यान्डको रुपमा राखिएको छ। अन्यत्र पनि उनलाई विशेष ठहर्‍याउन फोटोहरु पनि राखिएको छ। कतिसम्म भने, कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ। त्यसो त, महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन्।

मुख्य हलमा नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरु, जसको फोटो यसअघि कार्यक्रमस्थलमा राखिने गरिन्थ्यो, त्यो राखिएको छैन। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारीका फोटोहरुलाई प्राथमिकता दिइएको छैन। त्यहाँ जनताको बहुदलीय जनवाद लेखिएको ठूलो ब्यानर र सूर्य चिह्न तथा राष्ट्रिय झण्डा राखिएका छन्।

दिउँसो सबा एक बजे सुरु भएको बैठक साँझ ७ बजे सकिएको थियो। 

त्यस्तै, ओलीले महाधेशनसामु आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गरे। जहाँ उनले नेपालमा कम्युनिस्ट पार्टी गठन भएयताका मुख्य राजनीतिक सन्दर्भमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। पार्टी विभाजन, सरकारबाट हट्नुपरेको स्थिति, नेकपाको असफल एकता, विभिन्न पार्टीहरुप्रति एमालेको दृष्टिकोण सो प्रतिवेदनमा प्रस्तुत गरिएको छ।

प्रतिवेदनको केही अंश वाचन गरेका ओलीले आफूलाई रुघाखोकीका कारण बाँकी भाग वाचन गर्न असहज भएको भन्दै आफू निकट नेता शंकर पोखरेललाई जिम्मा दिएका थिए। 'कमरेडहरु, मलाई अलिकति रुघाखोकीको कारणले प्रतिवेदन प्रस्तुत गर्न अलि समस्या भएकाले म कमरेड पोखरेललाई आग्रह गर्छु। मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ', ओलीको भनाइ थियो त्यसपछि पोखरेलले नै प्रतिवेदनको पछिल्ला अंशहरु वाचन गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

ओलीको प्रतिवेदनको वाचन सकिएपछि केही बेर 'खाजा-ब्रेक' गरिएको थियो। त्यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए। उनले एमालेभित्र रहेका १३ समस्याहरुलाई सूचीकृत ढंगले प्रस्तुत गरे। 

अध्ययन र प्रशिक्षणको कमि, पार्टी सदस्यतामामापदण्ड पालनाको समस्या, ठूलो आकारका कमिटीहरुको सञ्चालनमा समस्या, वैधानिक व्यवस्था अनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, संगठनात्मक अराजकता र गुटबन्दीको समस्या, गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या, पार्टी काम र कार्यकर्ताको मूल्यांकनमा समस्या, वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या, पार्टी काममा दोहोरोपनको समस्या, काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसंगठनको प्रभावकारी परिचालनको समस्यार आर्दश र व्यवहारकोबीचमा अन्तरविरोधलाई पोखरेलले आन्तरिक समस्याका रुपमा प्रस्तुत गरे।

पोखरेलले ७० पूरा नहुँदासम्म उम्मेदवार र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीको विषयलाई स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन्। '७० वर्षको उमेरहदलाई ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत् राख्नु उपयुक्त हुन्छ', पोखरेलको भनाइ छ।

एमाले विधानमा ७० वर्षे प्रावधान अहिले पनि निरन्तर रहने प्रस्ताव गरिएको छ। तर, कार्यकालको बीचमै ७० वर्ष पुगे के गर्ने भन्ने विषयमा भने नेताहरुको आ–आफ्नै धारणा छ। आगामी मंसिरमा हुने भनिएको एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको उमेर ६९ रहने, तर केही समयपछि नै ७० पुग्ने भएकाले महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भए पनि ७० वर्ष पुगेपछि उनले पद छाड्नुपर्ने कतिपय नेताहरुको भनाइ छ।  पोखरेलको प्रस्तावले ओलीलाई सहज हुने देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'विगतमा जस्तो दुई कार्यकालभन्दा बढी एकल नेतृत्वमा रही काम गरिसकेको व्यक्तिलाई पुनः अध्यक्ष वा मुख्य कार्यकारी पदमा उठ्ने अनुमति दिनुहुँदैन। पार्टीमा तीन कार्यकालभन्दा लामो समयसम्म एकल र शक्तिसम्पन्न कार्यकारी अधिकारसहितको महासचिवका भूमिकामा कार्यरत माधवकुमार नेपाललाई अध्यक्षको उम्मेदवार बन्न दिँदा उत्पन्न गतिरोध र समस्याबाट हामी सबैले गहन पाठ सिक्नु आवश्यक छ ', संगठनात्मक प्रस्तावमा उल्लेख छ।

महाधिवेशनको पहिलो दिन तीन वटा दस्तावेज प्रस्तुत गरिएको छ। सुरुमा उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तुत विधान संशोधन प्रस्तावमा पार्टको केन्द्रीय कमिटीमा उपाध्यक्षको संख्या ५ र सचिवको संख्या ६ बनाउने प्रस्ताव गरिएको छ। त्यस्तै, उपमहासचिवको व्यवस्था हटाइएको छ। 

प्रस्तावित संशोधन प्रस्तावअनुसार अध्यक्ष- १, उपाध्यक्ष- ५, महासचिव- १, सचिव- ६ र केन्द्रीय सदस्य- २१२ गरी समग्रमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ। यसअघि एमालेमा अध्यक्ष- १, उपाध्यक्ष-५, महासचिव- १, उपमहासचिव- २, सचिव- ५ गरी १४ जना पदाधिकारी रहने व्यवस्था थियो। त्यस्तै, वरिष्ठ नेताको पनि व्यवस्था थियो।

कम्युनिस्ट पार्टीहरुले अभ्यास गर्दै आएको पोलिटब्यूरोको प्रावधान हटाउने प्रस्ताव गरिएको छ। अध्यक्षको नेतृत्वमा सचिवालय रहने छ। सचिवालयमा पदाधिकारीहरु सदस्य रहनेछन्। त्यस्तै, महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गर्ने प्रस्ताव गरिएको छ। केन्द्रीय कार्यालयमा भने सचिवहरु सदस्य रहनेछन्। पार्टीमा ४१ सदस्यीय स्थायी कमिटीको निर्वाचन गरिनेछ। 

महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न कमिटीहरु गठन गरिएको छ। अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली र सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन्। त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी छन्। 

सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे छन्।

त्यस्तै, बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर छन्। प्रचार समन्वय कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा छन्।

भोलि (शनिबार) २ बजे पुनः पूर्ण सत्र सुरु बताइएको छ। शुक्रबार प्रस्तुत दस्तावेजहरुमाथि छलफलका लागि १० वटा समूह गठन गरिएको छ। त्यसअघि शुक्रबार गठन गरिएका प्रत्येक समूहले भने बिहान साढे ८ बजेदेखि नै छलफल गर्ने तय गरिएको छ। प्रत्येक प्रदेशअन्तर्गतका सम्बन्धित प्रदेशको प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारीहरु, निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरु, सम्बन्धित प्रदेशका जनप्रतिनिधिहरु र सम्बन्धित प्रदेशमा ठेगाना भएर केन्द्रले मनोनित गरेकाहरु रहनेछन्।

प्रत्येक समूहलाई सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी दिइएको छ। त्यस्तै हरेक समूहमा १–१ जनालाई अध्यक्षताका लागि तोकिएको छ।

दस्तावेजहरुमाथि छलफलका लागि प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन्। देवराज घिमिरेले अध्यक्षता गर्नेछन्। प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन्। अध्यक्षता ज्वाला साहले गर्नेछिन्। यस्तै, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ले गर्नेछन्। आनन्द पोखरेलले अध्यक्षता गर्नेछन्।

गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन्। अध्यक्षता जगत विश्वकर्माले गर्नेछन्। लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन्। अध्यक्षता लिला गिरीले गर्नेछन्।

कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन्। अध्यक्षता गोरखबहादुर बोगटीले गर्नेछन्। सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन्। अध्यक्षता कर्ण थापाले गर्नेछन्।

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्। अध्यक्षता सुजिता शाक्यले गर्नेछिन्। जनसंगठनहरुको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन्। अध्यक्षता सुनिता बरालले गर्नेछिन्। यस्तै, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्ने जनाइएको छ। अध्यक्षता भानु ढकालले गर्नेछन्। 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  २१:१२
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्