काठमाडौं- स्पेनिस लिग ला लिगाले १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिता खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई शुभकामना दिएको छ।
शुक्रबार ला लिगाले आफ्नो अफिसियल पेजबाट नेपाली टोलीलाई शुभकामना दिएको हो।
नेपालले शुक्रबार आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै साफ च्याम्पिनसिपको सुरुवात गर्दैछ। नेपाल र माल्दिभ्सबीचको खेल राति पौने १० बजे हुनेछ।
नेपाल साफको २८ वर्षको इतिहासमा एक पटक पनि फाइनलमा पुग्न सकेको छैन। पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनै पटक त्यहाँभन्दा माथि पुग्न सकेन।
सन् १९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा नेपाल तेस्रो भयो। त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनलमै नेपालको यात्रा सकियो। त्यसपछि पनि नेपालको सहभागिता उल्लेखयोग्य छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।