काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र मुख्त: १३ वटा समस्या रहेको औंल्याएका छन्।
ललितपुरको गोदाबरीमा शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदन पेस गर्दै पोखरेलले पार्टी भित्रका १३ कमीकमजोरी औंल्याएका हुन्।
पोखरेलले विधान महाधिवेशनमा पार्टी भित्रका कमी–कमजोरीमाथि छलफल हुनुपर्ने पनि बताए। कार्यकर्ताबाट धेरै गुनासो सुन्नमा आएकाले अहिलेको विधान महाधिवेशनले समस्या समाधानका लागि भूमिका खेल्नुपर्ने बताए।
यी हुन् पोखरेलले औंल्याएका समस्या:
– अध्ययन र प्रशिक्षणको कमि,
– पार्टी सदस्यतामा मापदण्ड पालनाको समस्या,
– ठूलो आकारका कमिटीहरुको सञ्चालनमा समस्या,
– वैधानिक व्यवस्था अनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या,
– संगठनात्मक अराजकता र गुटबन्दीको समस्या,
– गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या,
– पार्टी काम र कार्यकर्ताको मूल्यांकनमा समस्या,
– वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या,
– पार्टी काममा दोहोरोपनको समस्या,
– काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या,
– परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या,
– जनसंगठनको प्रभावकारी परिचालनको समस्या,
– आर्दश र व्यवहारको बीचमा अन्तरविरोध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।