काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको गोदावरीस्थित 'सनराइज सम्मेलन केन्द्र' मा दिउँसो १ बजेपछि सुरु भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर गरेका हुन्।
महाधिवेशनमा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उनले नेपालमा कम्युनिस्ट पार्टी गठन भएयताका मुख्य राजनीतिक सन्दर्भमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
पार्टी विभाजन, सरकारबाट हट्नुपरेको स्थिति, नेकपाको असफल एकता, विभिन्न पार्टीहरुप्रति एमालेको दृष्टिकोण सो प्रतिवेदनमा प्रस्तुत गरिएको छ।
प्रतिवेदनको केही अंश वाचन गरेका ओलीले आफूलाई रुघाखोकीका कारण बाँकी भाग वाचन गर्न असहज भएको भन्दै आफू निकट नेता शंकर पोखरेललाई जिम्मा दिएका थिए। त्यसपछि पोखरेलले नै प्रतिवेदनको पछिल्ला अंशहरु वाचन गरेका थिए।
प्रतिवेदनको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।