Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उमेरले होइन पार्टी विचारले सञ्चालन हुन्छ : रामचन्द्र पौडेल

64x64
नेपाल लाइभ शुक्रबार, असोज १५, २०७८  १७:२२
1140x725

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन्।

“पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ। तर, हुनुपर्ने रूपान्तरणको हो,” पौडेलले प्रश्न गरे, “अहिलेको पार्टी सञ्चालन कसरी भइरहेको छ, यो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्तरण?”

उनले पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यक नहुने भन्दै पार्टीका नेताहरूले बहसलाई ठिक बाटोमा हिँडाउन सक्नुपर्ने बताए।

“यदि पार्टीमा सबै संगठनहरू परिचालन हुन सकेको भए, समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न सकेको भए, पार्टी विचारबाट सञ्चालन भएको भए, रूपान्तरणको आवश्यकता हुने थिएन,” पौडेलले भने, “जव रूपान्तरण हुन्छ, तब पुस्तान्तरणको बहस नै आउँदैन। त्यसैले आजको आवश्यकता रूपान्तरण हो, युवा साथीहरू भ्रममा नबस्नुहोला।”

उनले कांग्रेसलाई लोकतन्त्रको मुल मार्गमा हिडाउन विचारले पार्टी र राज्य सञ्चालन हुनुपर्ने बताए।

पौडेलले राजनीतिक पार्टी उमेरले नभएर विचारले सञ्चालन हुने बताए।

“उमेरले होइन पार्टी विचारले सञ्चालन हुन्छ। विचारले लोकतन्त्र र राज्य संयन्त्र सञ्चालन भएन भने त्यहाँ लोकतन्त्रको अस्तित्व सम्भव छैन,” पौडेलले भने, “बीपीले निर्वाचत जनप्रतिनिधिले शासन गर्छन भन्ने विचार दिनुभयो। यो विचार बुढो भएको छैन। आजसम्म यसकै पक्षमा दुनिया रहेको छ।” उनले अहिले राज्य सञ्चालनको चौर तरिका पनि ठिक नभएको भन्दै अन्तुष्टि जनाए।

“मलाई चित्त बुझेको छैन अहिलेको राज्य सञ्चालनको तौरतरिका। विचारबाट राज्य संचालन भइरहेकै छैन,” पौडेलले भने, “बीपीले पनि त्यही सरकार चलाउनुभएको हो। त्यसपछिका पनि थुप्रै सरकारहरू बने/चले तर, किन बीपीको जस्तो हुन सकेनन्?  किन भने विचारबाट सरकार सञ्चालन हुन सकेनन्।”

Ncell 2
Ncell 2
nimb
nimb

उनले पार्टी भित्र दाहोरो पद नओगट्ने बहस बारबार भएपनि त्यसको कार्यान्वयन कमजोरका लागि मात्र भएको बताए।

“हाम्रो पार्टीमा रामशरण महतले दोहोरो पदको कुरा उठाएपछि राजीनामा दिनुपर्‍यो । तर, शेरबहादुर देउवाले राजीनामा गर्नुपरेन,” पौडेलले भने, “यहाँ बलियालाई कानुन नियम लाग्दैन । निर्धालाई मात्र कानुन लाग्ने हो।”

नेता पौडेलले एमालेले धेरै गर्‍यो भन्दै प्रचार गरेपनि अहिलेसम्म एउटा भन्दा बढी उपलब्धी नदेखाएको दाबी गरे।

“एमालेले सरकारमा छँदा ७० वर्ष माथिका वृद्धका लागि सय रुपैयाँ भत्ता दिने निर्णय गर्‍यो। अहिलेसमम एमाले सरकारले गरेको एउटा मात्र उपलब्धी त्यही हो,” पौडेलले भने, “एमाले सरकारले सय रुपैयाँको निर्णय गरेको हो । त्यसपछि त्यसलाई दोब्बर तेब्बर गर्दै हामीले नै बढाउँदै लगेको हो।”

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले एमालेले पार्टीभित्र ७० वर्ष उमेर हदको बहस गरेको भन्दै केपी ओलीको उमेरमा त्यो निर्णय कार्यान्वयन हुने बताए।

“केपी ओली ७० वर्ष नपुग्दै अधिवेशन भए एमालेमा ७० वर्ष लागु हुन्छ। केपी ओली ७० पुग्दासम्म महाधिवेशन नभए ७० वर्षे उमेरहद खारेज हुन्छ। हेर्नुहोला, बलियालाई कानुन लाग्दैन,” पौडेलले भने। पौडेलले अहिले प्रतिपक्षीका व्यवहारले लोकतन्त्रमा खतरा देखिएको बताए।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्