काठमाडौं- नेकपा (एमाले)को गोदावरीमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेता-कार्यकर्ताको चासो कम देखिएको छ।
अध्यक्ष ओलीको ओलीको राजनीतिक प्रतिवेदन वाचन हुँदै गर्दा महाधिवेशनस्थलको मुख्य हलबाहिर नेता-कार्यकर्ताका लागि व्यवस्था गरिएका सिटहरु खाली देखिएका छन्। त्यहाँ डिजिटल बोर्डमार्फत् प्रतिवेदन वाचनलगायत मुख्य गतिविधिहरु अवलोकन गर्ने व्यवस्था मिलाइएको छ। उक्त हलमा अधिकांश कुर्सीहरु खाली देखिएका छन्।
सोही समय महाधिवेशनमा सहभागी हुन पुगेका कार्यकर्ताहरु हलबाहिर फोटो सेसन र गफगाफमा व्यस्त देखिन्थे।
एमालेले पार्टीको इतिहासमै पहिलोपटक आयोजना गरेको विधान महाधिवेशनलाई निकै महत्त्वका साथ लिए पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमै नेता-कार्यकर्ताहरुको 'अरुचि' देखिएको हो। महाधिवेशनले विभाजनपछिको एमालेले लिने नीति तय गर्ने बताइएको छ।
आज अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेपछि राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। प्रतिवेदन प्रस्तुत गर्दा-गर्दै ओलीलाई समस्या भएपछि अहिले उनको प्रतिवेदन शंकर पोखरेलले वाचन गरिरहेका छन्।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।