काठमाडौं- गाँजा माग्दा नदिएको भन्दै पशुपति मन्दिर परिसरमा एक ‘बाबा’माथि खुकुरी प्रहार गरेर फरार भएका युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको जगतपुर नयाँबस्तीका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार पक्राउ परेको हो।
भदौ ११ गते पशुपति मन्दिर परिसरको विश्वरुपा मन्दिर परिसरअघि सन्तोष ‘बाबा’माथि खुकुरी प्रहार भएको हो। प्रहरीले घटनास्थलमा प्रयोग भएको खुकरीसमेत बरामद गरेको छ।
खुकुरी प्रहारमा संलग्न भएको आशंकामा त्यसबेला १२ जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान सुरु गरेको थियो।
खुकुरी प्रहारबाट घाइते उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो। सुरुमा युवाहरुको समूहले बाबालाई माल (गाँजा) देऊ भन्दै माग गरेका थिए। तर, उनले गाँजा नदिएपछि रिसको झोकमा खुकुरी नै प्रहार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।