काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको हस्तक्षेपकारी (निर्णायक) भूमिकाका कारण ३ असोज २०७२ मा संविधान जारी हुन सम्भव भएको दाबी गरेका छन्।
शुक्रबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले आफ्नो पार्टीकै अग्रसरताका कारण संविधान जारी गर्ने वातावरण बनाउन तत्कालीन अवस्थामा दलहरुबीच १६ बुँदे सहमति बनेको पनि दाबी गरेका छन्।
संविधान जारी हुँदाको समयमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले हिंसा र उत्तेजना फैलाउने कार्यमा सहभागी भएको पनि ओलीले आरोप लगाएका छन्।
नेपाली समाज राजनीतिक स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको भन्दै ओलीले आगामी दिनमा पनि संविधानको रक्षा र कार्यान्वयनमा यसैगरी भूमिका खेल्ने उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।