काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई घेराबन्दी गर्ने नयाँ श्रृङ्खला सुरु भएको बताएका छन्।
शुक्रबार विधान महाधिवेशनको उद्धघाटन सत्रमा बोल्ने क्रममा ओलीले पार्टीलाई घेराबन्दी गर्ने कार्य भएको बताए।
कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न फुटलाई प्रश्रय दिएको माधव नेपाललाई आरोप लगाए।
सिमिति व्यक्तिको स्वार्थले एकीकरणले मूर्त रुप लिन नसकेको बताउँदै उनले विधान महाधिवेशनलाई एकीकृत महाधिवेशनका रुपमा अर्थ्याए। विधान महाधिवेशन पार्टी जीवनमा नितान्त नयाँ प्रयोग भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।