काठमाडौं– ललितपुरको गोदावरीमा सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो।
अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य एवम् स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन्।
नेकपा एमालेका सचिव एवम् विधान महाधिवेशनको उद्घाटन सत्रका सञ्चालक युवराज ज्ञवालीले ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल प्रस्ताव गरेका थिए। ज्ञवालीको प्रस्ताव हलमा सहभागी प्रतिनिधिहरुले पारित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।