काठमाडौं- नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु हुने क्रममा रहेको छ। साढे १२ बजे उद्घाटन गर्ने भनिएको महाधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएसँगै १ बजेर १० मिनेटमा औपचारिक रुपमा सुरु भएको हो।
पूर्वनिर्धारित 'सेड्युल' अनुसार नेपालको राष्ट्रिय गान र अन्तर्राष्ट्रिय धुन बजाएर कार्यक्रम सुरु गरिएको हो।
ओली महाधिवेशनस्थल सनराइज सम्मेलन केन्द्रमा पुग्दा एमालेका कार्यकर्ताहरुले 'वी लभ केपी ओली', 'आज होइन भोलिलाई, मेरो जीवन ओलीलाई', 'केपी ओली हाइहाइ', 'केपी ओली जिन्दावाद' जस्ता नाराका साथ स्वागत गरेका हुन्।
त्यसो त, महाधिवेशन स्थलमा ओलीलाई महान देखाउने अभिप्रायका साथ प्रचार सामग्रीहरु राखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।