काठमाडौं- संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा महाधिवेशन आयोजना गरिने छ।
एमालेले आफ्नो विधान महाधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं!!’ भन्ने नारा तय गरेको छ।
बिहानकाे खाना र खाजाकाे व्यवस्या महाधिवेशन स्थलमा नै गरिएको छ। एमालेले देशभरबाट विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई कार्यक्रम स्थलसम्म जान र फर्किनका लागि बसको व्यवस्था गर्ने भएको छ। ललितपुरको सातदोबाटोदेखि बसको व्यवस्था गरिएको एमालेले जनाएको छ। महाधिवेशनलाई प्रविधिको सहायतामा थप भव्य बनाउने उद्देश्य लिएको छ। विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गर्ने तयारी छ।
यस्तो छ महाधिवेशन स्थल










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।