काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशन आज(शुक्रबार) देखि सुरू हुँदै छ। एमालेले राजनीतिक इतिहासमै पहिलोपटक विधान महाधिवेशन गर्न लागेको हो।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजना हुने विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे गर्ने कार्यक्रम तय भएको छ।
असोज १७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ जना विधान महाधिवेशनमा प्रतिनिधिहरु सहभागी हुँदैछन्। त्यहाँ राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी तीनवटा प्रस्तावमा छलफल गर्ने तयारी छ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहनेछ।
यी हुन् विधान महाधिवेशनमा सहभागी हुनेहरु
१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीका पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
केन्द्रीय कमिटीबाट मनोनयन– ५६६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।