काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू उत्तराधिकारी घोषणा गर्ने पक्षमा नरहेको बताएका छन्।
राजनीतिक योजना र कार्यक्रमसहित आउने नेतालाई ठाउँ खाली गरेर आफू हिँड्न तयार रहेको उनको भनाइ छ।
बिहीबार अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेताहरुले आफूबाट 'माखो मर्दैन' भनेर टिप्पणी गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
'के अचम्म भयो। संसद् विघटन भएपछि माओवादी सिद्धियो भन्न थाले। हुँदाहुँदा पार्टीभित्रकै नेताहरुले प्रचण्डबाट माखो मदैर्न भन्न थाले। मलाई अनौठो लाग्छ साथीहरु भन्न थाले,' प्रचण्डले भने, 'राजनीतिक योजना र कार्यक्रमसहित आउनुस्, प्रचण्डको काम छैन भन्नेहरुलाई म भन्छु, आउनोस् तपाईंहरुको विचार र स्पष्ट कार्यदिशा लिएर आउनोस्, म छोडिदिन्छु।'।'
प्रचण्डले एकपटक फेरि माओवादी जाग्नुपर्ने बेला आएको पनि बताए। 'यो परिवर्तन हामीले ल्याएका हौं भनेर दह्रोसँग भन्न पर्यो। प्रतिक्रियावादी, जाली, फटाहा, निरंकुसतावादीका विरुद्ध उभिनु पर्यो,' प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।