काठमाडौं- नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालको स्वास्थमा क्रमिक सुधार आएको छ।
त्रिवि शिक्षण अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्यमा सुधार आएको जानकारी दिएको हो।
यद्यपि, स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँग भेटघाट बन्द गरिएको छ।
सामान्य ज्वरो, वान्ता आउने, पेटको गडबढी छातीमा केही समस्या उत्पन्न भएकोले १३ असोजमा नेपाललाई अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै, उनको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।