काठमाडौं- नेकपा एमालेले बागमती प्रदेश संगठन कमिटीलाई पूर्णता दिएको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको हो।
एमाले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीमा रामबहादुर थापा 'बादल'लाई नै तोकिएको छ।
२०७५ जेठ २ अघि संयोजक रहेकी अष्टलक्ष्मी शाक्यलाई वरीयतामा बादल भन्दा माथि राखिएको छ। बागमती प्रदेशको अध्यक्षमा आनन्दप्रसाद पोखरेल रहेका छन् भने सचिवमा खेमप्रसाद लोहनी रहेका छन्। ४७६ सदस्यीय बागमती प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको हो।
प्रदेश कमिटीमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणी पौडेललाई सह इन्चार्ज बनाइएको छ भने अरुण नेपाल र रचना खड्कालाई पदाधिकारीकै हैसियतमा प्रदेश अध्यक्ष भन्दा माथि राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।