काठमाडौं- विभिन्न चार देशका आवासीय राजदूतहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दे याख्मद एल्गेबाली, जर्मनीका थोमस हेनरिच प्रिन्ज, नर्वेका तोरन ड्राम्देल र फ्रान्सका जिल बुबाउले ओहदाको प्रमाणपत्र पेस परेका हुन्।
उक्त समारोहमा परराष्ट्र मन्त्री नारायण खड्का र सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।