काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशनलाई आधुनिक र डिजिटल प्रविधिको प्रयोगबाट 'भव्य' बनाइने बताएको छ।
शुक्रबारदेखि गोदाबरीको सनराइ सम्मेलन केन्द्रमा शुरु हुने विधान महाधिवेशन इतिहासकै सबैभन्दा स्तरीय र भव्य हुने पनि एमालेको दाबी छ।
विधान महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिडिया संयोजक खिमलाल भट्टराईले विधान महाधिवेशन अहिलेसम्मकै सबैभन्दा स्तरीय र भव्य भेला हुने दाबी गरे।
‘यो कसैले नगरेको भेला हुने छ। यो स्तरको भेला हामीले पनि पहिलोपटक गरेका छौं,' भट्टराईले भने, ‘हामी उद्देश्यमा सफल हुन्छौं।’
बिहीबारदेखि सुरु हुने विधान महाधिवेशन असोज १७ गतेसम्म चल्ने छ। भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। विधान महाधिवेशनमा देशभरका गरी करिब ५ हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।