काठमाडौं- नकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताएका छन्।
अखिल क्रान्तिकारीका २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै तामाङले स्ववियु निर्वाचन गर्न पहल गरिने बताए। क्रान्तिकारी विद्यार्थीको नयाँ सम्मेलनबाट गुटमुक्त नयाँ नेतृत्व आउने उनको दाबी थियो।
‘अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनबाट गुटमुक्त भई नयाँ नेतृत्व आउँने छ। त्यसले आगामी फागुनमा स्ववियु निर्वाचन गराउन पहल गर्ने छ’ तामाङले भने, ‘स्ववियु चुनाव समयमा हुन नसक्दा नेता उत्पादन गर्ने नर्सरी बन्द हुनुका साथै विद्यार्थी आन्दोलन समेत कमजोर भयो। त्यसैले अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन समयमै गर्न पहल गर्ने छ।’
अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनबाट सबै विद्यार्थीलाई एकतावद्ध गर्न सक्ने नेतृत्व आउने उनले बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक संसद विघटन गर्दा अखिल क्रान्तिकारीले त्यसको समाना गरेर विजयको झण्डा फराएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।