फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका सांसद्हरुले बिहीबार पनि प्रतिनिधि सभा बैठक अवरोध गरेका छन्। बैठक सुरु हुनासाथ एमाले सांसद्हरु वेल घेराउ गर्न अघि बढेका थिए।
एमाले सांसद्हरुले अहिले नाराबाजी गरिरहेका छन्। उनीहरुले गैरसांसद्लाई प्रवेश निषेध गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर लगायतका नारा लगाइरहेका छन्।
भदौ २३ गतेदेखि सुरु भएको संसद्को नवौं अधिवेशनलाई एमालेले निरन्तर अवरोध गरिरहेको छ। एमाले विभाजनमा सभामुखको पनि भूमिका रहेको भन्दै आक्रोशित एमालेले सदनको कारबाहीलाई अवरोध गरेको हो।
एमालेका अवरोधका बीच सभामुखले सदनको कारबाही अगाडि बढाएका छन्। उनले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका छन्।
उनले कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई महालेखाको प्रतिवेदन पेश गर्न पनि समय दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।