काठमाडौं- राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ। आगामी १७ गते दिनको १ बस्ने तय भएको बैठक १८ गते बस्ने भएको हो।
'राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्मानीय अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ' संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।
यही १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन चल्दैछ। ५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका २६ जना (अध्यक्षसहित) सांसद् छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।