काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको 'सर्वदलीय' बैठक बसिरहेको छ।
बिहीबार बिहान १० बजेका लागि आह्वान गरिएको बैठक केही ढिला गरि सुरु भएको थियो। संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको भएपनि प्रमुख प्रतिक्ष नेकपा एमाले बैठकमा अनुपस्थित रहेको छ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।
पाँच दलीय गठबन्धनको समर्थनमा देउवा प्रधानन्त्री भएको साढे २ महिना भन्दा बढी भइसक्दासमेत सरकारले पूर्णता पाउन नसकिरहेको बेला देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादु देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी छन्।
त्यस्तै जनता समाजवादी पार्टी(जसपा) नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।