काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालले दलै नमानेको एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एक शीर्ष नेताले बताए।
संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले विहीबार बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।
अहिलेको अवस्थामा बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नभएको उनको भनाइ छ। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो।
यता एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने सर्वदलीय बैठकमा सहभागी हुनका लागि औपचारिक निमन्त्रणा नै नआएको बताए।
‘हामी बैठकमा जाँदैनौं,’उनले भने, ‘औपचारिक निम्तो पनि छैन, सञ्चारमाध्यममा सुनेकै भरमा जाने कुरा हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।