काठमाडौं– पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्यम्पियन्स लिगमा डिनामो किएभलाई पराजित गरेको छ।
बायर्नले घरेलु मैदानमा युक्रेनी क्लब डिनामो किएभलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। बायर्नको सहज जितमा सर्ज गिनाब्री, लिरोए साने र इरिक म्याक्सिम चुपो मोटिङले समान एक÷एक गोल गरे।
एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली बायर्नले खेलको १२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। पेनाल्टी बक्समा सेडोरचुकले बलले हात छोएपछि बायर्नले पेनाल्टी पाएको थियो।
खेलको २७औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। उनले थोमस मुलरको पासमा गोल गरेका थिए। ४१औं मिनेटमा काउन्टर अट्याकमा डि पेनालको प्रयासलाई बायर्नका गोलरक्षक म्यानुयल नुएरले विफल पारे।
खेलको ६८औं मिनेटमा लिरोए सानेको पासमा सर्ज गिनाब्रीले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए। ७४औं मिनेटमा लिरोए सानेले थोमस मुलरको पासमा गोल गरे।
खेलको ८७औं मिनेटमा सब्सिच्युट फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दिलाए। ७९औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान छिरेका मोटिङले बेन्जामिन पाभर्डको पासलाई सदुपयोग गरेका थिए।
जितसँगै बायर्न समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ। पराजित डिनामो किएभ १ अंकसहित तेस्रो स्थानमा रहेको छ। बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा अंक विहीन बार्सिलोना पुछारमा रहेको छ।
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।