काठमाडौं– बलिउड अभिनेत्री कंगना रौनतले आफ्नो फिल्म ‘थलाइवी’को तारिफ नगरिदिएको भन्दै आफ्नै क्षेत्रका सेलिब्रेटीसँग भडकिएकी छिन्।
१० सेप्टेम्बरमा उनको फिल्म भारतका सिनेमा हलहरुमा प्रदर्शन भएको थियो। बायोग्राफिकल फिल्म रहेको थलाइवीमा कंगनाले पूर्वअभिनेत्री तथा तामिलनाडुकी मुख्यमन्त्री जयललिताको भूमिका निकाएकी थिइन्।
फिल्म रिलिज भएपछि कंगनाको अभिनयलाई राम्रो मानिएको छ। तर, यसबीच बलिउडकै अन्य समकक्षीहरुले उनको फिल्मको तारिफ नगरिदिएको भन्दै कंगना भने भड्किएकी छिन्।
कंगनाले आफ्नो फिल्मको तारिफ नगर्नेलाई ‘बलिउड माफिया’ भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्।
‘धेरै कम फिल्मलाई मात्रै यस्तो जोश र सबैले मन पराउने हुन्छ, र थलाइवी त्यस्तै फिल्म हो,’ कंगनाले लेखेकी छिन्, ‘मलाई डा. जे जयललिताको भूमिकामा काम गर्दा खुशी भएको छु। तर, अर्कोतिर म बलिउड माफियाले आफ्नो वैचारिक मदभेदलाई पर राखेर राम्रो बनेको फिल्म र यसको कलाको तारिफ गरिदियोस् भन्ने समय कुरिरहेको छु।’
एएल विजयले निर्देशन गरेको फिल्म थलाइवीमा कंगनासँगै नास्सार, भाग्यश्री, राज अर्जुन र जिशु सेनगुप्तालगायतको अभिनय रहेको छ। फिल्म सिनेमाहलसँगै अमेजोन प्राइम भिडियो र नेटफिल्क्समा पनि रिलिज भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।