• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुपथ मूल्य पसल पुग्नेहरु भन्छन्– चाडपर्वमा सरकारले राहत दिएको महसुस भयो

64x64
धनु विश्वकर्मा शुक्रबार, असोज १५, २०७८  ०७:०४
1140x725

काठमाडौँ– कुपन्डोलका राजेन्द्र श्रेष्ठ बुधबार सुपथ मुल्य पसल थापाथलीमा भेटिए। उनी दैनिक आवश्यकताका खाद्य वस्तु लिन आएका थिए। थापाथली आउने काम परेपछि बाटोमा सुपथ मूल्य पसल लागेको देखेर भित्र छिरेको उनले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गएको असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ। पहिलो पटक सुपथ मूल्य पसल छिरेका श्रेष्ठले दैनिक उपभोग्य सामग्री सस्तो र गुणस्तरीय भएको बताए। सरकारले सबै जनताको पहुँच पुग्ने गरी धेरै ठाउँमा यस्ता पसल खोल्नुपर्ने उनको सुझाव छ।

सुपथ मूल्य पसल सञ्चालन भएसँगै त्यहाँ खाद्यान्न तथा अन्य उपभोग्य वस्तु किन्नेको संख्या बढिरहेको छ। चाडबाडमा बजार मूल्य बढ्न नदिन तथा सर्वसाधारणको सहुलियतको लागि सरकारले विभिन्न ठाउँमा यस्ता पसल सञ्चालनमा ल्याउने गरेको छ। 

रति ठकुरी थापाथली नजिकै बस्छिन्। चाडबाडमा सुपथ मूल्यको पसल सञ्चालन हुने उनलाई जानकारी छ। त्यसैले आवश्यक सामग्री किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमा जाने गरेकी छिन्। उनी भन्छिन्, ‘बजारमा महँगो हुन्छ। यहाँ अलिकति भए पनि सस्तोमा पाइन्छ।’ दाल, तेल चिनी, मसलालगायत सामग्री सस्तो र गुणस्तरीय हुने उनी बताउँछिन्।

ललितपुरस्थित इमाडोलका केशव चौलागाईं र उनकी श्रीमती मिना खाद्य वस्तु लिन टयाक्सी नै लिएर सुपथ मुल्य पसल पुगेका थिए। उनको परिवार ठुलो छ। ‘थोरै लगेर पुग्दैन, एकै चोटि धेरै उठाउने गरेको छौँ,’ मिना भन्छिन्, ‘त्यसैले ट्याक्सी नै लिएर हामी दुवै जना आएका हौँ।’

उनीहरुलाई छिमेकीले बासमती चामल एकदम राम्रो भएको जानकारी दिएका थिए। मिना भन्छिन्, ‘हामीहरु इन्डियन चामल खाइराखेका थियौँ। एकचोटि हेरौँ न भनेर पनि आएका हौँ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथली केन्द्रका वरिष्ठ सहायक ललितकुमार यादवका अनुसार सुपथ मूल्य पसल प्रत्येक वर्ष चाडबाड नजिकिएपछि खोल्ने गरिएको छ। नेपालभरि ३९ जिल्लाको ४३ ठाउँमा सुपथ मूल्य पसल खोलिएको उनी बताउँछन्। काठमाडौँ उपत्यकामा चार ठाउँमा खोलिएको छ। काठमाडौँमा थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायक केन्द्रबाट खाद्यवस्तु बिक्री वितिरण हुने गरेको छ। यी पसल दशैँदेखि छठसम्म सञ्चालन हुने छन्।

कल्पना भट्टराईको अफिस थापाथली नजिकै छ। उनी चार वर्षदेखि यहाँको खाद्य सामान किन्दै आएकी छिन्। सुपथ मुल्य पसल खोल्दा मात्र नभएर अन्य बेला पनि उनी यहाँबाट नियमित रुपमा उपभोग्य सामग्री किन्छिन्। 

Ncell 2
Ncell 2

उनले यहाँका सामान सस्तो र गुणस्तरीय हुने गरेको उनी बताउँछिन्। ‘चाडबाडमा बजारमा मुल्य बढ्छ। सामान पनि गुणस्तरी हुँदैन। यस्तो बेला सरकारले नै सुपथ मूल्यमा सामग्री बिक्री गर्दा सर्वसाधारणलाई राहत हुन्छ,’ उनी भन्छिन्। बाहिर बजारबाट खाद्यवस्तु किन्न आफूले कम गरेको उनको भनाइ छ। 

कीर्तिपुर बस्ने राजेन्द्र महर्जन पनि सुपथ मूल्य पसलमा नियमित आउने गर्छन्। उनले छिमेकी बाबुकृष्ण महर्जनलाई पनि लिएर आएका थिए। आफू अरु बेला पनि आउने गरेको उनी बताउँछन्। ‘म चामल र अन्य सामग्री एकैपटक धेरै लैजान्छु। यसो गर्दा आइरहनुपर्दैन,’ उनी भन्छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथली केन्द्रका वरिष्ठ सहायक यादवका अनुसार निशुल्क ‘होम डेलिभरी’ पनि हुने गरेको छ। ‘निशुल्क होम डेलिभरीका लागि वेभसाइटमार्फत अनलाइनमा अडर गर्दा घरमा उही मूल्यमा पुग्छ।’ त्यसका लागि www.nepalfood.gov.np  मा गएर अर्डर गर्न सकिन्छ। तर, तीन हजार रुपैयाँभन्दा माथिको अर्डरको मात्र होम डेलिभरी हुने गरेको छ।

सरकारले चाडपर्व लक्षित गरेर जनतालाई सहुलियत दिन सुपथ मूल्य पसल खोलेको यादबले बताए। यसअघि सरकारले लकडाउनमा पनि २०% छुटमा खाद्यवस्तु बिक्री गरेको उनको भनाइ छ।

चाडपर्वअघि फाट्टफुट्ट ग्राहक मात्र सामान किन्न कम्पनीको स्टोरमा पुग्छन्। तर, चाडबाडमा भने ग्राहकको संख्या ह्वात्तै बढ्ने उनले बताए। यस पटक पहिलो दिन असोज १ बाट नै ग्राहक आउन थालेको उको भनाइ छ। हरेक दिन थापाथली केन्द्रबाट मात्र साढे चार लाख रुपैयाँसम्मको व्यापार हुने उनले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्