काठमाडौं– भारतमा सिनेमा हल खुलेपछि प्रदर्शन भएका धेरैजसो फिल्मले राम्रो व्यापार गर्न सकेका छैनन्। पछिल्लो पटक कंगना रणावतको ‘थलाइवी’ यसको उदाहरण नै बनेको छ।
यसबीच बलिउड अभिनेता अक्षय कुमारले भने दर्शकलाई सिनेमा हलसम्म आइदिन आग्रह गरेका छन्। अक्षय मुख्य भूमिकामा रहेका पाँच फिल्म यो वर्ष प्रदर्शन हुँदै छन्।
हालसालै उनले दिएको एक अन्तर्वार्तामा मनोरञ्जन क्षेत्रलाई पुनर्जीवन दिनकै लागि भएपनि दर्शकले सिनेमा हलसम्म आइदिनुपर्ने अग्रह गरेका हुन्।
अक्षय पछिल्लो डेढ वर्षदेखि आफ्नो फिल्म दर्शकलाई देखाउन उचित समय कुरिरहेको बताएका छन्। उनले विस्तारै सबै कुरा सामान्य हुँदै गएकाले मनोरञ्जन क्षेत्रलाई पुनर्जीवन दिन दर्शकले हलसम्म आइदिनुपर्ने बताएका छन्।
यो वर्ष अक्षयले काम गरेका ‘सूर्यवंशी’, ‘पृथ्वीाज’, ‘बच्चन पाण्डे’, ‘रक्षाबन्धन’ र ‘राम सेतु’ फिल्म प्रदर्शन हुँदै छन्। तीबाहेक उनकै अभिनय रहेको ‘ओ माइ गड’, र ‘अतरंगी रे’ पनि प्रदर्शनको मिति कुरेर बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।