काठमाडौं- इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ।
मंगलबार राति भएको समूहचरण अन्तर्गतको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
पोर्टोलाई स्तब्ध पर्ने क्रममा लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई/दुई गोल गर्दा साडियो मानेले एक गोल गरे।
पोर्टोका लागि मेहदी तारेमीले सान्त्वना गोल गरेका थिए।
जितसँगै लिभरपुलले २ खेलमा ६ अंक जोडेको छ र समूह बी को शीर्ष स्थानमा रहेको छ। पोर्टो तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।