काठमाडौं- अर्जेन्टाइन स्टार लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि पहिलो गोल गर्दा यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा इद्रिसा गुईए र मेस्सीले एक एक गोल गरेका थिए।
घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता इद्रिसाको गोलबाट पीएसजीले लिएको थियो।
खेलको दोस्रो हाफमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए।
यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी आएका मेस्सीको यो क्लबका लागि पहिलो गोल हो।
जितसँगै पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी समूह ए को शीर्ष स्थानमा रहेको छ। सिटी तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।