काठमाडौं– हुन त नेपालमा हुने रियालिटी शोमा विजेता बनेकाहरु हराउनु सामान्य कुरा जस्तै हो। झन् पछिल्लो समय थपिएका रियालिटि शोमा त को विजेता बन्यो भन्नेसम्म पनि थाहा हुँदैन्। रियालिटी शोको विजेता हुनेलेभन्दा बाहेकले बरु चर्चा कमाएका छन्।
नेपाल आइडलको तेस्रो संस्करणको विजेता बनेकी सज्जा चौलागाईंले त्यो बेला राम्रै चर्चा पाएकी थिइन्। पहिलो महिला आइडल बनेकोमा उनलाई मिडियादेखि दर्शक सबैले राम्रो साथ दिएका थिए।
तर, आइडलको विजेता बनेकी सज्जाले भने आफ्नो साख जोगान नसकेको देखिएको छ।
एकतिर सज्जाका धेरै गीत नै आएका छैनन् भने जति गीत आएका छन् ति पनि भ्युजको खडेरीमा परेका छन्।
हालसालै सज्जाले आफ्नो सांगीतिक समूहसँग गाएको गीत ‘प्राप्ती’को टिजर आफ्नै युट्युब च्यानलमा रिलिज गरेकी छिन्। टिजरलाई जम्मा १४ सय जनाले हेरेका छन्। ६ महिनाअघि उनले पेम्बा छिरिङ तामाङसँग गाएको गीत ‘सुस्तरी’ पनि त्यत्ति धेरै चलेको थिएन।
आइडलको विजेता बन्दा पाएको चर्चामा अहिले सज्जासँग छैन्। समयमा गीत नआउनु, संगीत क्षेत्रमा सक्रिय नदेखिनुले पनि सज्जाले आइडलबाट पाएको नाम धेरैले बिर्सिन थालिसके।
आइडलबाट पाएको क्रेज सज्जाले फेरि कसरी नाम कमाउँछिन् भन्ने मुख्य कुरा हो। नभए त सज्जा पनि अन्य रियालिटी शोका विजेताजस्तै गुमनाम हुन समय लाग्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।