काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।
जनकपुरमा आइतबार जनकपुरमा सम्पन्न बैठकले सोनललाई दलको नेतामा चयन गरेको लोसपा नेता केशव झाले बताए। बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी थिए।
सहमतिमा नेता चयन गर्ने प्रयास विफल भएपछि निर्वाचन प्रक्रियामार्फत सोनल दलको नेता चयन भएका हुन्। ‘राति अबेर लोकतान्त्रिक विधि प्रक्रियाबाट लोसपा प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित हुनुभयो,’ नेता झाले भने।
दलका नेता बनेका सोनल बारा क्षेत्र नम्वर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन्। तत्कालीन राजपा संसदीय दलका नेताको हैसियतले उनी यसअघि प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।