फाइल तस्बिर
काठमाडौं- समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडासहित सात जना पदाधिकारीले दिएको सामूहिक राजीनामा सरकारले स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको हो।
उनीहरुले असोज ८ गते परिषद्को कार्यालय पुल्चोकमा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए। उनीहरुले नियुक्त भएको एक वर्ष पूरा भएपछि राजीनामा दिएका थिए।
सामूहिक राजीनामा दिनेमा उपाध्यक्ष खतिवडासँगै कोषाध्यष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती, सदस्य मणिराम बञ्जाडे, गोविन्द शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र सुशील ज्ञवाली रहेका थिए।
परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन ५ गते उपाध्यक्ष र सदस्य सचिवसहित पाँच सदस्य तथा त्यसै वर्षको भदौ १ गते कोषाध्यक्ष र दुई जना सदस्य नियुक्त गरेको थियो।
उनीहरुलाई समाज कल्याण परिषद् ऐन, २०४९ को दफा ५ को उपदफा (२) को खण्ड (ढ) बमोजिम चार वर्षका लागि नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।